Online Nepal
  • आइतबार, २० असोज २०८१
  • मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

    मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २७ साउन २०८१
  • 2.9K
    SHARES

    फाइल तस्विर

    रौतहट । रौतहटमा मोटरसाईकल दुघर्टनामा परी प्रहरी जवानको मृत्यु भएको छ ।

    जिल्लाको चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा आईतबार भएको मोटरसाईकल दुघर्टना प्रहरी जवानको मृत्यु भएको हो ।



    चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।



    मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षिय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

    मोटरसाईकल दुर्घटनामा परि जवान यादव गम्भीर घाईते थिए । उनलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिएको थियो ।

    यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी गुल्म बारा दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट लँगडा चोक बारामा कार्यरत प्रहरी जवान यादव कार्यालयको काम विशेषले रौतहट आएका थिए ।

    दुर्घटनामा परि मोटरसाईकलको पछाडि बस्ने वृन्दावन– १ २५ वर्षिय नविनकुमार चौधरीको बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार