Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • बंगलादेशमा युनुसले गरे राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका निम्ति देशवासीसँग अपिल

    बंगलादेशमा युनुसले गरे राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका निम्ति देशवासीसँग अपिल

    अनलाइन नेपाल
  • शनिबार, २६ साउन २०८१
  • 684
    SHARES

    एजेन्सी । बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका निम्ति सबै देशवासीसँग अपिल गरेका छन् ।

    शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकी एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै उनले विगतको हृदयविदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन् ।



    नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किएका र अव्यवस्थाको अन्त्य तथा प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै अन्तरिक प्रशासनको नेतृत्व सम्हालेका हुन् । “हाम्रो जिम्मेवारी नयाँ बंगलादेश निर्माण गर्नु हो,” उनले भने ।



    पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दु अल्पसंख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा सन्त्रास पैदा गर्नुका साथै स्वदेशमा पनि त्रास फैलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार