Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन टिक्दैन : वर्षमान पुन

    ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन टिक्दैन : वर्षमान पुन

    अनलाइन नेपाल
  • शनिबार, २६ साउन २०८१
  • 357
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् ।

    पार्टी सम्वद्ध काठमाडौं–रोशी गाउँपालिकासम्पर्क समितिको पालिका भेलालाई सम्बोधन गर्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।



    सरकारमा भएर पनि कांग्रेस–एमाले पंक्तिको मनोबल खस्किएको बताए ।



    उपमहासचिव पुनले भने, संसदमा र बाहिर पनि एमाले–काँग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन् । किन भने संसदको अंक गणितका कारण कुनै पनि बेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरुले बुझेका छन् । ’

    उनले दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार सय दिनको कटाउन मुस्किल रहेको बताउन थालेको दाबी गरे ।

    आफूहरूको प्राथमिकतामा सरकार नरहेको तर, चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ छ।

    उनले नयाँ सरकार बनेपछि काँग्रेस–एमालेमा आन्तरिक किचलो बढेको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार