Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बङ्गलादेशका दुई कारागारमा झडप हँदा १२ कैदीबन्दीको मृत्यु

    बङ्गलादेशका दुई कारागारमा झडप हँदा १२ कैदीबन्दीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २६ साउन २०८१
  • 453
    SHARES

    फाइल तस्विर

    एजेन्सी। प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा १२ जना कैदीको मृत्यु भएको छ।

    देशको राजधानी ढाकाको उत्तरमा रहेको दुबै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक शृङ्खला हो।



    आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको छ।



    कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए। कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरूको मृत्यु भएको छ।

    त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मंगबार कैदीहरु भाग्ने प्रयासका कारण भएको झडपमा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए।

    रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताए। झडपका क्रममा उक्त जेल बाट करिब दुई सय कैदीहरू भागेका छन्।

    हसिना सरकार विरूद्ध विरोध प्रदर्शन सुरु भएदेखि बङ्लादेशभरी कैदीबन्दीहरु जेलबाट भाग्ने प्रयासमा छन् । पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५ सय भन्दा बढी कैदीहरू भागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार