Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बंगलादेशका प्रधानन्यायाधीशले पनि दिए राजीनामा

    बंगलादेशका प्रधानन्यायाधीशले पनि दिए राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, २६ साउन २०८१
  • 987
    SHARES

    एजेन्सी । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्।

    प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि हसनले राजीनामा दिएका हुन्।



    शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।



    आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए।

    अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार