Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • १ लाख २४ हजार नगदसहित ६ जना जुवाडे पक्राउ

    १ लाख २४ हजार नगदसहित ६ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २६ साउन २०८१
  • 453
    SHARES

    फाइल फोटो

    दार्चुला । प्रहरीले दार्चुलामा नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

    जिल्लाको दुँहु गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ खंलगा तिंकरखेडामा ३० वर्षीय जनक बडालले सञ्चालन गरेको बडाल फास्टफुडको चौथो तल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।



    बडालसहित ६ जनालाई नगद १ लाख २४ हजार ८८० र २ गड्डी ताससहित नियन्त्रणमा लिइएको हो ।



    उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार