Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

    बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

    शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति सिग्देलले उपरथीमा पदोन्नति भएका सहायक रथी मधुकरसिंह कार्कीसहितका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    सहायक रथीबाट २२ साउनमा कार्की उपरथीमा बढुवा भएका थिए । बढुवा भएसँगै कार्कीको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजकमा नियुक्त गरिएको छ ।



    त्यसैगरी सहायक रथीमा बढुवा भएका प्राविधि डेन्टिष्ट डा समीर अर्याल, जगदीश खड्का र अमृत काजी गुरुलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

    महासेनानी पदमा बढुवा भएका शैलेन्द्र कोइरालालाई शुक्रबारनै सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

    त्यस्तै सि.सं. ६१ अधिकृत आधार तालिममा छनौट भई इन्डियन मिलिटरी एकेडेमीबाट अधिकृत आधारभूत तालिम सम्पन्न गरी काठमाडौं फर्किएका ४ जना अधिकृत क्याडेटलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

    दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार