Online Nepal
  • बुधबार, १० पुष २०८१
  • उपसचिवले मदिराको झोकमा सीडीओलाई थर्काएपछि…

    उपसचिवले मदिराको झोकमा सीडीओलाई थर्काएपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 2.3K
    SHARES

    धनगढी ।कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव दिपककुमार आचार्यले मदिराको सीडीओलाई धम्क्याएका छन् ।

    शुक्रबार मदिराले मातेका उपसचिव आचार्यले धनगढी विमानस्थलबाट कैलालीका सीडीओ धर्मेन्द्रकुमार मिश्रलाई धम्क्याएका हुन् ।



    बुद्व एयरलाइन्सको दिउँसो २ः५५ को फ्लाइटमा काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले बोर्डिङ पास नदिएर फर्काएको थियो ।



    एयरलाइन्सले आचार्यलाई मदिराको नसा उत्रिएपछि साँझ ५ः५५ को फ्लाइटमा सिफ्ट गरेर फर्काएको थियो । एयरलाइन्सले फर्काएको झोकमा मदिराको तालमा आचार्यले विमानस्थलबाटै टेलिफोन गरि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई अश्लिल शब्द प्रयोग गर्दै धम्क्याएका थिए ।

    मुख्यमन्त्री कार्यालयको हुर्मत लिएर तथानाम आरोप लगाउँदै प्रजिअ मिश्रलाई धम्क्याएपछि उनले आचार्यलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका थिए ।

    प्रहरीले मदिराको तालमा भेटाएपछि उनले आफूबाट गल्ती भएको भन्दै माफी मागेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताए । प्रमुख जिल्ला अधिकारीसँगै माफी मागेपछि आचार्यलाई सम्झाईबुझाई छाडिएको एसपी बिष्टले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार