Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • उपप्रधानमन्त्री सिंहले भने – संविधान संशोधन विधि र प्रक्रियाबाट हुन्छ

    उपप्रधानमन्त्री सिंहले भने – संविधान संशोधन विधि र प्रक्रियाबाट हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 327
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा सरकारले संविधान संशोधन नगर्ने बताएका छन्।

    विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।



    उपप्रधानमन्त्री सिंहले सरकार संविधानको पालना गराउनको लागि, अपुरो भएका विषयहरुलाई संशोधन गर्ने बताए ।



    उपप्रधानमन्त्री सिंहले भने, ‘संशोधन निश्चित विधि र प्रक्रियाबाट हुन्छ । बहुमतको बलमा गर्ने होइन । विधि, प्रक्रिया पूरा गरेर गर्ने हो । अधिकार दिनुपर्नेमा कमी, कमजोरी भइरहेको छ।’

    उपप्रधानमन्त्री सिंहले कांग्रेस जनतालाई अधिकार दिलाउनका लागि लडेको पार्टी भएको बताए ।

    संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता सबै कुरालाई अझ राम्रोसँग जनताले चाहे अनुसार बनाउनको लागि संविधान संशोधन हुने उपप्रधानमन्त्री सिंहको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार