Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • प्रहरीमा विद्रोहको तयारी थियो, एआईजी ज्ञवालीसँग कांग्रेस रिसायो : महेश बस्नेत

    प्रहरीमा विद्रोहको तयारी थियो, एआईजी ज्ञवालीसँग कांग्रेस रिसायो : महेश बस्नेत

    अनलाइन नेपाल
  • बिहिबार, २४ साउन २०८१
  • 4.1K
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान आईजीपीलाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना बनेको आरोप लगाएका छन् ।

    बिहीबार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ इन्चार्जलाई स्वागत तथा पुरानो इन्चार्जलाई बिदाइ गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।



    उनले पछिल्लो समय बेचन झालाई पक्राउ गरिसकेपछि एआईजी श्याम ज्ञवालीमार्फत प्रहरीमा विद्रोह गराएर वर्तमान आईजीपी बसन्त बहादुर कुँवरलाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना भएको आरोप लगाए ।



    एआईजी ज्ञवालीलाई आईजीपी बनाएर कांग्रेसका नेताहरूलाई गिरफ्तार गर्ने सम्मका योजना बनाएको एक्स्पोज भएपछि उनलाई कांग्रेस धेरै नै रिसाएको जस्तो देखिएको उनको भनाई छ । आईजीपी अमेरिका गएकै बेला नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमध्येका एक बेचन झा पक्राउ परेका थिए ।

    सोही विषयले प्रहरीमा हलचल मच्चिएको थियो । अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट एआईजी ज्ञवालीलाई चार महिना नपुग्दै त्यहाँबाट हटाइएको छ । उनीमाथि चेन अफ कमाण्ड नमानेको आरोप थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार