Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • ६११ केजी गाँजासहित दुई भारतीय पक्राउ

    ६११ केजी गाँजासहित दुई भारतीय पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 552
    SHARES

    महोत्तरी । महोत्तरी प्रहरीले ६११ केजी गाँजासहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत मातिहारी ग्राम पञ्चायतका २५ वर्षीय गुड्डु कुमार यादव र २९ वर्षीय मनिषकुमार गिरी रहेका छन् ।



    उनीहरुलाई एक ट्रकबाट अर्को ट्रकमा गाँजा पल्टिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।



    बा.प्र.०३, ००१ ख २८३२ नम्बरको मिनी ट्रकबाट सो परिमाणको गाँजा वीआर३०जी ७०४३ नम्बरको भारतीय ट्रकमा पल्टि गरिरहेको अवस्थामा ४० पोकामा बेरिएको अवस्थामा सो परिमाणको गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेको दुवै भारतीय नागरिकलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला अदालत महोत्तरीबाट ८ दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार