Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

    पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 324
    SHARES

    फाइल तस्विर

    जुम्ला । अविरल वर्षासँगै मंगलबार राति पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

    सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।



    गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए ।



    गगनेखोलामा सडक साँघुरो रहेकाले ठूला मालवाहक ट्रकलाई पास हुन गाह्रो हुने देखिएकाले ब्रेकर लगाएर खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार