Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ओलम्पिकमा फाइनल पुगेकी भारतीय कुस्तीबाज फोगाट अयोग्य घोषित

    ओलम्पिकमा फाइनल पुगेकी भारतीय कुस्तीबाज फोगाट अयोग्य घोषित

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 1.2K
    SHARES

    एजेन्सी । पेरिसमा जारी ग्रीष्मकालिन ओलम्पिकमा भारतीय कुस्ती खेलाडी विनेश फोगाटले फाइनल खेल्न नपाउने भएकी छिन् ।

    फोगातले ५० केजी तौल समूहको प्रतिस्पर्धामा बढी तौल भएपछि फाइनल खेल्न नपाउने भएकी हुन् ।



    मंगलबार ५० केजी फ्रिस्टाइलतर्फ विश्वकी नम्बर वान् तथा २०२० ओलम्पिककी च्याम्पियन यु सुसाकीलाई प्री क्वाटरफाइनल, क्वाटरफाइनलमा युक्रेनकी ओक्सना लिभाच र सेमिफाइनलमा क्युबाकी गुज्मानलाई हराउँदै फाइनलमा पुगेकी थिइन्।



    तर आज राती १२:४५ मा फाइनल खेल्नुअघि तौल मापन गर्दा ५० केजी भन्दा बढी भएको हो । फोगातको तौल बढी हुँदा रातभर नसुती बसेकी थिइन् ।

    आज अन्तिम पटक तौल गर्दा एक सय ग्राम भन्दा बढी भएको हुँदा अयोग्य घोषित भएकी हुन् । उनी अयोग्य भएपछि अमेरिकाकी साराह हिल्डेब्रान्ड्ट खेल्दै नखेली स्वर्ण जित्नेछिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार