Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • लघुवित्तपीडितका समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेस

    लघुवित्तपीडितका समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेस

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 342
    SHARES

    काठमाडौं । लघुवित्तपीडितहरुको समस्या समाधानका लागि गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

    नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो ।



    प्रतिवेदनमा सरकारबाट हुनुपर्ने सम्बोधन, नेपाल राष्ट्र बैंक, लघुवित्त वित्तीय संस्था र लघुवित्तीय संस्थाका सदस्यहरुले गर्नुपर्ने कार्यबारे सुझाव दिइएको छ।



    सरकारले गर्नुपर्ने कार्यमा बचत तथा ऋण सहकारी संस्था तथा लघुवित्त संस्थाबाट लिएको कर्जाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई कठिनाइ भएको गुनासो रहेको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थाबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार