Online Nepal
  • बुधबार, २ माघ २०८१
  • उर्जामन्त्री खड्काले प्राधिकरणको बोर्ड सदस्यमा किन रोजे रविका कार्यकर्ता ?

    उर्जामन्त्री खड्काले प्राधिकरणको बोर्ड सदस्यमा किन रोजे रविका कार्यकर्ता ?

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइन प्रकरणलाई लिएर नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाए । पुन र आचार्यलाई हटाएकै दिन साउन १८ गते शुक्रबार मन्त्री खड्काले पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङलाई सञ्चालक समिति सदस्यमा हतारमा नियुक्ति गरे ।

    डेडिकेटेड र ट्रंकलाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्न नहुने अडान लिएका आचार्य र पुनलाई सरकारले साउन १५ मा लिखित स्पष्टीकरण सोधेको थियो ।



    सरकार परिवर्तन पछि केपी शर्मा ओली नेतृत्वको सरकारमा उर्जा मन्त्री बनेका खड्काले विजुलीको पैसा तिर्नुपर्छ भनेर प्राधिकरणको बैठकमा नोट अफ डिसेन्ट लेखेकै आधारमा पुन र आचार्यलाई हटाएका थिए । तर, मन्त्री खड्काले गरेको नियुक्ति विवादित बनेको छ । कांग्रेसकै सत्तोसराप गर्ने पूर्व सचिव कार्कीलाई नियुक्ति दिलाएपछि कांग्रेभित्रैबाट मन्त्रीको विरोध शुरु भएको छ ।

    को हुन् कार्की ?
    नेपाल सरकारको सचिवबाट सेवा निवृत्त कार्की, नेपाली काग्रेस निकट भएर विभिन्न लाभको पदमा रहेका व्यक्ति हुन् । सडक विभागको महानिर्देशक हुँदै भौतिक र उर्जा सचिव रहेर अवकास भए । सेवा निवृत्त भएसँगै नेपाली काग्रेस र खासगरी आरजु देउवालाई सत्तोसराप गर्दै दिन काट्दै हिंडेका कार्की राष्ट्रिय स्वतन्त्र पार्टी निकट हुन पुगेका थिए ।

    अवसरवादी कार्की सो पार्टीमा ऊर्जा विभाग अन्तर्गत रहेर उर्जा नीति मन्थन भन्दै काग्रेस लत्याएर हिंडेका अवसरवादी स्वर्णीम वाग्ले र श्रीराम न्यौपानेसँग देश दौडाहामा घण्टीको प्रचारक बन्दै हिंडे । रास्वपा सरकारवाट बाहिरिएपछि छट्पटाएका कार्की फेरी आफूलाई सच्चा कांग्रेसी भन्दै नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा र्याल चुहाए ।

    तर, कांग्रेस र आरजु राणाहरुले यिनको असली नियत अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन । हुनत स्वर्णिम वाग्ले पनि यस्तै स्वभावका व्यक्ति थिए । के स्वर्णिमलाई चिन्न नसकेको कांग्रेसले पैसाकै कारण कार्कीलाई नियुक्ति दिलाएको हो त ?

    त्यसो त विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने कदमबाट सरकार हाललाई पछि हटेको छ । कांग्रेस निकट स्रोतका अनुसार बोर्ड सदस्यमा नियुक्ति भएका देवेन्द्र कार्की परराष्ट्र मन्त्री आरजु राणा निकट व्यक्ति हुन् । भविश्यमा कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएर कार्कीलाई कार्यकारी निर्देशक बनाउन राणानिकट एजेन्टहरुले अहिलेदेखि नै वातावरण बनाएको कांग्रेस स्रोत बताउँछ । तर, उनै कार्की भविश्यमा स्वर्णिमले जस्तै भूमिका खेलेर कांग्रेसका लागि नै कसिंगर नबन्लान भन्न सकिन्न ।

    कार्की उर्जा सचिव हुँदा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष थिए । सञ्चालक समितिको अध्यक्ष भैसकेका कार्की आफ्नो इच्छाले नभई मन्त्रीको जोडबलले प्राधिकरणमा सदस्य बनेको प्रतिक्रिया दिंदै लाच पचाइरहेका छन् । पदलोलुपताको जवरजस्त उदाहरण यो भन्दा अरु के हुन सक्ला र ? पार्टी भित्र कोहीपनि योग्य नभए जसरी कार्कीको नियुक्तिले गर्दा बुढानिलकण्ठ समेत रुष्ट रहेको बुझिएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पर्क गर्दा समेत सम्पर्कमा नआइ अमेरिका हिडेका मन्त्री खड्का आफैमा पनि विवादित व्यक्ति हुन् ।

    त्यस्तै सञ्चालक समितिको सदस्यमा नियुक्त भएका अर्का सञ्चालक महेन्द्रबहादुर गुरुङ एमाले पृष्ठभूमिका हुन् । गुरुङको फेहरिस्त पनि लामो छ । सिचाई विभागको महानिर्देशक हँुदै पञ्चेश्वर प्राधिकरण, विद्युत विकास विभागको महानिर्देशकलगायतमा हालीमुहाली गरी एक दिन पनि सरकारी सेवाबाट नछुटेका गुरुङलाई फेरी अर्को पद दिलाइकोमा एमालेभित्र पनि ठूलो तप्काको असन्तुष्टि रहेको छ ।

    युवालाई नेतृत्व हस्तान्तरण केवल भाषणमा सीमित रहेको भन्दै यस्तो कृयाकलापले पार्टीप्रति वितृष्णा जाग्ने र युवा पुस्तामा निराशा पैदा हुने भन्दै सामाजिक सञ्जालमा मन्त्री खड्काको कडा आलोचना भइरहेको छ । यो नियुक्ति प्रकरणले मन्त्री खड्काको पहिलो गाँसमै ढुंगा लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार