Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मैले जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धन आर्जन गर्न कुनै लालच नभएको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भ्रष्टाचारबारे कुरा उठाएपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने आफ्नो प्रतिबद्धतामा शंका नगर्न सांसदहरुलाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने,‘मैले जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ । भ्रष्टाचार सहिनँ पनि । मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । म दावाका साथ भन्छु यो धर्तीको अदालतमा मात्रै होइन कि चित्रगुप्तको अगाडि पनि जवाफ दिन तयार छु । मलाई धन आर्जन गर्नु छैन ।'

प्रधानमन्त्री ओलीले आफ्नो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुने कुरा भने बेग्लै भएको बताए ।

आफ्नो नेतृत्वको सरकार गल्ती गर्न नभई देश र जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन बनेको र त्यसअनुसार नै अगाडि बढ्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077