Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बागलुङको बडिगाड पहिरोमा परी ८ जनाको मृत्यु

    बागलुङको बडिगाड पहिरोमा परी ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 309
    SHARES

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।

    बडिगाड गाउँपालिकाको वडा नम्बर-१० दर्लिममा ६ जना र वडा नम्बर-९ को बलघाँसमा २ जना गरी आठ जनाको मृत्यु भएको हो ।



    पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।



    घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२र१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको छ ।

    यसैगरी संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन् । यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार