Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उपत्यकाका सडक जलमग्न हुँदा सवारी आवागमन अस्तव्यस्त

    उपत्यकाका सडक जलमग्न हुँदा सवारी आवागमन अस्तव्यस्त

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 585
    SHARES

    काठमाडौं । वर्षाका कारण काठमाडौं उपत्यकाका धेरै सडक जलमग्न हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ ।

    सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् भने सवारी आवागमन अस्तव्यस्त बनेको छ ।



    माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ ।



    ललितपुरको कुपण्डोल, मंगलबजार, जावलाखेल र भित्री सडकहरूमा समेत पानीको भेलले सवारी आवागमन रोकिएको छ ।

    काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार