Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • ग्लोबल टी-२० लिग : कप्तान रोहितको टिमको लज्जास्पद हार

    ग्लोबल टी-२० लिग : कप्तान रोहितको टिमको लज्जास्पद हार

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 996
    SHARES

    काठमाडौं । क्यानडाको ग्लोबल टी–२० लिग अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्स ७ विकेटले पराजित भएको छ ।

    गएराति भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको टोरोन्टोले ११.१ ओभरमा अलआउट हुँदा मात्र ५२ रन बनायो ।



    टस जितेर सुरुमा फिल्ड रोजेको मोन्ट्रियल टाइगर्सका बलरसामू टोरोन्टोका कुनै पनि ब्यासम्यान टिक्न सकेनन् । ५३ रनको लक्ष्य पछ्याएको मोन्ट्रियलले ११.३ ओभरमा ३ विकेटको क्षतिमा ५६ रन बनाएको हो ।



    यो जितसँगै मोन्ट्रियल ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । यो हारसँगै दोस्रो स्थानमा रहेको रोहितको टिम टोरोन्टो भने ७ अंकसहित चौथो स्थानमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार