Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • जाँचबुझ आयोगबाट कारबाही सिफारिस भएका एआईजीलाई उपत्यकाको नेतृत्व दिने तयारी

    जाँचबुझ आयोगबाट कारबाही सिफारिस भएका एआईजीलाई उपत्यकाको नेतृत्व दिने तयारी

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 3.2K
    SHARES

    काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका एआईजी किरण बज्राचार्यलाई सरकारले काठमाडौं उपत्यका प्रहरीको नेतृत्व दिने तयारी गरेको छ ।

    गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले बज्राचार्यलाई कार्य विभागबाट उपत्यका सरुवाका लागि सिफारिस गरेको छ ।



    सुन तस्करी मुद्दाको अनुसन्धानमा गम्भीर लापरबाही गरेको र केहीलाई उन्मुक्ति दिएको आधारमा डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बज्राचार्यलाई कारबाही सिफारिस गरेको थियो।



    लगत्तै सरकारले गत चैतमा उनलाई सिआइबीबाट हटाएको थियो । तर, हालसम्म विभागीय कारबाही हुन सकेको छैन । हाल सरकारले उनलाई पुरस्कृत गरी उपत्यका प्रहरीको कमाण्ड दिन लागेपछि प्रहरी अधिकारी नै आश्चर्यमा परेका छन् ।

    सुन तस्करीको अनुसन्धानमा जीवन चलाउनेको कागज गरी त्यसलाई च्यातेर पछि फरार प्रतिवादी बनाइएको थियो । साथै वाल्डो क्यासिनोका सञ्चालकसँग मुद्दा नचलाई बार्गेनिङ गरेको खुलेको थियो ।

    आयोगले उनको कार्यक्षमतामै समेत प्रश्न गरेकोमा उनलाई नै उपत्यकाको सुरक्षा दिने प्रक्रिया अघि बढेको हो । उपत्यकामा कार्यरत एआईजी दीपक थापालाई भने सिआइबीमा सरुवा गर्न लागिएको छ । सिआइबीका श्यामलाल ज्ञवालीलाई चार महिनामै सरुवा गर्न लागिएको छ ।

    पूर्व गृहमन्त्री रवि लामिछाने निकट भएर काम गरेको र आईजीपीलाई बाइपास गरेको आरोप उनीमाथि छ । ज्ञवालीको प्रदेश समन्वय विभागमा सरुवा गर्न लागिएको छ । उनको जागिर अब एक महिना मात्र बाँकी छ ।

    त्यस्तै, बढुवा सिफारिस भएका रामदत्त जोशीको कार्य विभागमा पदस्थापनको सिफारिस अघि बढिसकेको गृह मन्त्रालय स्रोत बताउँछ । यद्यपि सिफारिस मन्त्रिपरिषद्द्वारा हेरफेर हुने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार