Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न आईजीपीको निर्देशन

    नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 495
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले विभिन्न प्रहरी कार्यालयका प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका छन् ।

    सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आईजीपी कुँवरले नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न कटिवद्ध हुनुपर्ने बताएका हुन् ।



    उनले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख, सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, सातवटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू र सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई सो निर्देशन दिइएको बताइएको छ ।



    महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूको आचरण, व्यवहार, इच्छाशक्ति तथा कामप्रतिको उत्प्रेरणामा सुधार गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न कटिवद्ध हुनुपर्ने बताए । उनले सेवाको गुणस्तर अभिवृद्धि गर्दै नागरिकहरूको विश्वास जित्न आवश्यक रहेको औंल्याए ।

    उनले भने, “प्रहरी कर्मचारीहरूले आफ्नो आचरण सुधार गर्दै, नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्छ। जनताको विश्वास जित्न हामीले निरन्तर परिश्रम गर्नुपर्छ र प्रहरी सेवाको गुणस्तर अभिवृद्धि गर्न कटिवद्ध रहनुपर्छ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार