Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 411
    SHARES

    काठमाडौं । प्रदर्शन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनामा दिएकी छन् ।

    अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी हिन्दीकाअनुसार देशमा हिंसात्मक प्रदर्शनपछि हसिनाले आज राजीनामा दिएकी हुन् ।



    हसिनाले ढाकास्थित प्रधानमन्त्री निवास ‘गणभवन’ समेत छाडेकी छन्।



    आरक्षणविरूद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार प्रधानमन्त्री हसिनाले सरकारी निवास छाडेको अन्तर्राष्ट्रिय संञ्चार माध्ययमहरुले जनाएका छन् ।

    बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

    त्यस्तै हजारौंको संख्यामा प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा छिरेका छन् ।

    आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंस्रक बन्दा ज्यान गुमाउनेको संख्या कम्तिमा ३ सय पुगिसकेको छ ।

    अदालतले आरक्षण र कोटा प्रणालीलाई खारेज गरेपनि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन जारी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार