Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • प्रधानमन्त्री ओलीले गरे काठमाडौं-तराई फास्ट ट्रयाकको धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

    प्रधानमन्त्री ओलीले गरे काठमाडौं-तराई फास्ट ट्रयाकको धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 288
    SHARES

    काठमाडौं । काठमाडौं-तराई फास्ट ट्रयाकअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विस्फोटक पदार्थको स्विच थिचेर काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रु गरेका हुन् ।



    मकवानपुरको बकैया गाउँपालिका १२ स्थित धेद्रे सुरुङ मार्गको प्रधानमन्त्री ओलीले ब्रेक थ्रु गरे।



    धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्डको गत जेठमा ‘ब्रेक थ्रु’ भएको थियो ।

    काठमाडौंबाट निजगढ जाने १७२८ मिटर लम्बाइ रहेको सुरुङ नेपाली सेनाको व्यस्थापनमा पोली च्याङ्दा चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ ।

    यससँगै सुरुङको निजगढ जाने र काठमाडौं आउने दुवै तर्फको ब्रेक थ्रु सम्पन्न भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार