काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ तोकेको हो।
योसँगै सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो ।
अघिल्लो दिन भने प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो ।
चाँदीको भाउ पनि स्थिर छ । प्रतितोला १७८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
Leave a Reply