Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ यात्रु घाइते

    गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ यात्रु घाइते

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 432
    SHARES

    धादिङ। गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।

    धादिङबाट काठमाडौंको लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका-५ पोखरे खोला नजिक पहिरो खसेको हो ।



    बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि पहिरो खस्दा ७ जना यात्रु घाइते भएका हुन्।



    घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रोमा सवार ७ जना यात्रुहरुको परिचय खुलिसकेको छैन ।

    माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार