Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काभा महिला भलिबल : आज माल्दिभ्ससँग भिड्दै नेपाल

    काभा महिला भलिबल : आज माल्दिभ्ससँग भिड्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 924
    SHARES

    काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल अपराह्न ३ः१५ बजे शुरू हुनेछ ।



    नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो ।



    आइतबार भएको तेस्रो खेलमा भने इरानसँग नेपाल ३–२ ले पराजित हुन पुग्यो । ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार