काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि मुख्मयन्त्री कँडेलले शनिबार नै प्रदेश सभा सचिवालयलाई पत्र पठाइसकेका छन् ।
कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सदस्यको समर्थन आवश्यक पर्छ ।
कर्णालीमा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य छन् ।
Leave a Reply