Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • सन्दीप र दीपेन्द्र आवद्ध टिम भ्यानकुभरले मोन्ट्रियललाई हरायो

    सन्दीप र दीपेन्द्र आवद्ध टिम भ्यानकुभरले मोन्ट्रियललाई हरायो

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत सातौ खेलमामा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सहभागी भ्यानकुभर नाइट्स विजयी भएको छ।

    टस जितेर सुरुमा फिल्ड रोजेको भ्यानकुभरले मोन्ट्रियल टाइगर्समाथि ५ विकेटको जित हासिल गरेको हो ।



    टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मोन्ट्रियल टाइगर्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो । ११० रनको लक्ष्य पछ्याएको सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले १८.४ ओभरमा ५ विकेटको क्षतिमा ११३ रन बनायो।



    भ्यानकुभरका लागि नेपालका सन्दीप लामिछानेले महत्त्वपूर्ण दुई विकेट हात पारे । एक ओभर बलिङ गरेका दीपेन्द्रले भने बिना विकेट १२ रन खर्चिए । उसका लागि मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए।

    चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिएका थिए। यो जितसँगै सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले ग्लोबल टी-२० लिगको यात्रा अन्त्य गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार