Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतविरुद्ध श्रीलंकाको शानदार जित

काठमाडौं । श्रीलंकाविरुद्धको एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा भारत पराजित भएको छ ।

आइतबार कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा भारत ३२ रनले पराजित भएको हो ।

जितका लागि २४१ रनको लक्ष्य पछ्याएको भारत ४२.२ ओभरमा अलआउट हुँदै मात्र २०८ रन बनायो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।

यसअघि सिरिजको पहिलो खेल बराबरीमा सकिएको थियो । योसँगै श्रीलंकाले १-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077