Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मान्छेलाई आक्रमण गरेर लुकेको बाघ १६ घन्टापछि नियन्त्रणमा

    मान्छेलाई आक्रमण गरेर लुकेको बाघ १६ घन्टापछि नियन्त्रणमा

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 1.3K
    SHARES

    चितवन । आइतबार बिहान नारायणी नदीको किनारमा मान्छेमाथि आक्रमण गर्ने पाटेबाघलाई १६ घन्टापछि नियन्त्रणमा लिइएको छ ।

    चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राती पौने नौ बजे नियन्त्रणमा आएको हो ।



    बिहान सवा ५ बजेतिर नारायणघाटस्थित नदी किनारमा मर्निङवाक गरिरहेका भरतपुर(२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गरेर बाघ नजिकैको झाडीमा लुकेको थियो ।



    बिहानैदेखि ड्रोन क्यामरा र हात्तीसहित खटेको प्राविधिक समूह राति सवा ९ बजेतिर बाघलाई नियन्त्रणमा लिन सफल भएको भिजन वन कार्यालय चितवनले जनाएको छ ।

    अहिले प्राविधिक टोलिले डार्ट गरेर बेहोस बनाएका छन् । बाघलाई निकुञ्ज लैजाने तयारी गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार