काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारसँग छलफल गरेका छन् ।
सिंहदरबारमा भएको छलफलबाट रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सहज हुने अपेक्षा गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बताएका हुन्।
प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन्,‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरूबीच छलफल भयो । यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ । आजको बिहानी खाजा भेटपछि म उत्साही छु।’
प्रधानमन्त्रीसँग छलफल गर्न क्यानका सचिव पारस खड्का, गायक प्रकाश सपूत, गायिका रचना रिमाललगायत सिंहदरबार गएका थिए ।
कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा अहिले स्तरोन्नतिको काम भइरहेको छ ।
Leave a Reply