Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको इटावामा बससँग कार ठोक्किँदा ७ जनाको मृत्यु

एजेन्सी । भारतको इटावामा बससँग कार ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

भारतको उत्तर प्रदेशको इटावामा बस र कार एक आपसमा ठोक्किएका हुन् ।

गएराति पौने १ बजे आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक आपसमा ठोक्किएको हो।

इटावा प्रहरीका अनुसार कार आफ्नो लेन छाडेर बस आउने लेनतर्फ गएपछि दुर्घटना भएको थियो । दुर्घटनामा कारमा सवार तीनै जना र बसमा सवार चार जनाको मृत्य भएको छ।

कारसँग ठोक्किएपछि बस अनियन्त्रित हुँदै सडक तल खाल्डोमा खसेको थियो। बसमा ६० जना सवार रहेको र त्यसमध्ये २५ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077