Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • तोलामा २०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    तोलामा २०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 606
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।

    शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रूपैयाँमा कारोबार भइरहेको छ।



    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो।

    आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार