Online Nepal
  • बुधबार, २ असोज २०८१
  • बागमती नदी किनारमा एक पुरुषको शव फेला

    बागमती नदी किनारमा एक पुरुषको शव फेला

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 297
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव भेटिएको छ।

    ललितपुर महानगरपालिका-१ को वडा कार्यालय नजिक बागमती किनारमा अन्दाजी ४० वर्षका पुरूषको शव भेटिएको हो।



    शव घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।



    आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन ।

    शवको पहिचान खुलाउने प्रयास जारी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार