Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको असोजमा राष्ट्रिय भेला गर्ने प्रस्ताव, राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन आउँदो वैशाख तेस्रो साता गर्ने प्रस्ताव गरिएको छ ।

शनिबार सम्पन्न पार्टीको बन्द कार्यशालाबाट पार्टीको महाधिवेशन गर्ने गरी मिति समेत तय गर्न केन्द्रीय समितिलाई उक्त सुझाव दिइएको हो ।

पार्टीको राष्ट्रिय भेला आउँदो असोज ३ र ४ गते आयोजना गर्ने निर्णय पनि बैठकबाट गरिएको छ ।

विधान संशोधन सुझाव कार्य दलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्ने निर्णय समेत गरिएको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077