Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • गलत कामका लागि कसैसँग पनि हात मिलाउँदिन : राज्यमन्त्री चौधरी

    गलत कामका लागि कसैसँग पनि हात मिलाउँदिन : राज्यमन्त्री चौधरी

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 645
    SHARES

    धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले गलत उद्धेश्य लिएर मलाई भेट्न नआउन आग्रह गरेका छन् ।

    राज्यमन्त्रीको पदभार ग्रहण गरेपछि आफ्नो निर्वाचन क्षेत्र पुगेका राज्यमन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले आफू आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन्।



    राज्यमन्त्री चौधरीले भने,‘मसँग गलत नियत, गलत सोच र कसैको व्यक्तिगत फाइदा हुने कामका लागि यसो गर्दिनुस्, उसो गर्दिनुस् भन्दै नआउनुस् । तर, समग्र देश र समाजको लागि मैले मेरो भूमिकामा रहेर गर्न सक्ने हरेक कामहरुका लागि मलाई रचनात्मक सल्लाह सुझाव दिन नहिचकिचाउनुस्।’



    राज्यमन्त्री चौधरीले राम्रो कामका लागि सहकार्य गर्न तयार भएको तर गलत कामका लागि कहिल्यै कसैसँग हात नमिलाउने बताए। राज्यमन्त्री चौधरीले कैलालीकै चर्चित र धार्मिक महत्व बोकेको घोडाघोडी मन्दिरमा पनि दर्शन गरे।

    उनले राज्यमन्त्री भएकाले कार्यकारी भूमिका नरहेको तर संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरेर जनहितमा काम गर्न आफू प्रतिबद्ध रहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार