काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्द कार्यशालाले महाधिवेशनको मिति प्रस्ताव गर्ने भएको छ।
शुक्रबारबाट सुरु भएको बन्द कार्यशाला आज बिहानबाट सुरु भएको हो।
शुक्रबार दिनभर भएको छलफललाई निष्कर्ष दिन ६ वटै समूहलाई एक घण्टाको समय दिइएको छ ।
महाधिवेशनको मितिसहित ६ वटै समूहलाई तीनवटा प्रस्ताव समेत पेश गर्न भनिएको छ।
विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसीपरक्यान्डिडेट क्लबमा छुट्याइएको ६ समूहका संयोजक वा सचिवले छलफलको निष्कर्ष प्रस्तुत गर्न थालेका छन्।
Leave a Reply