एजेन्सी । जारी पेरिस ओलम्पिकमा फ्रान्सले अर्जेन्टिनालाई पराजित गरेको खेलमा विवाद भएको छ ।
फ्रान्सेली पुरुष फुटबल टोलीले क्वार्टरफाइनलमा अर्जेन्टिनालाई १-० ले हराएपछि विवाद भएको हो ।
खेलको अन्तिम सिट्टी पछि, दुई राष्ट्रका खेलाडी र प्रशिक्षकबीच झगडा भएको बताइएको छ । उनीहरुबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । तर कारण भने पुरानै भएको खुलेको छ ।
कोपा अमेरिका जितेपछि अर्जेन्टिनी एक खेलाडीले फ्रान्सेली खेलाडीहरूप्रति जातीय नारा गाउँदै रेकर्ड गरेको भिडियोमा सार्वजनिक भएको थियो ।
सो कारण यो विवाद भएको हो । यसैबीच फ्रान्सका मुख्य प्रशिक्षक थियरी हेनरीले घटनाबारे माफी मागेका छन् ।
Leave a Reply