Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काभा महिला भलिबल : आज नेपाल र भारत भिड्दै

    काभा महिला भलिबल : आज नेपाल र भारत भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 828
    SHARES

    काठमाडौं । काभा महिला भलिबल लिगमा आज नेपाल र भारत खेल्दैछन् ।

    खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो तीन बजे शुरु हुनेछ ।



    नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालको तीन अङ्क छ ।



    भारतले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको भारत अङ्क तालिकाको शीर्षस्थानमा छ ।

    काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार