Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कानुन व्यवसायीलाई प्रधानमन्त्रीले भने - प्रतिगमन ल्याउँछ भन्ने भ्रममा विश्वास नगर्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान संशोधन गरेर प्रतिगमन ल्याउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न आग्रह गरेका छन् ।

नेपाल बार एसोसिएसनका प्रतिनिधि मण्डलसँग शुक्रबार सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

उनले जनताको आवश्यकता अनुसार दुईतिहाई सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएको भन्दै जनमतप्रति विश्वस्त रहन आग्रह गरे ।

संविधान संशोधन अग्रगमन, सुशासन, विकासका लागि र कार्यान्वयनका क्रममा नमिलेका विषय मिलाउन गर्ने कार्य भएको उनको भनाई छ ।

महान्यायाधिवक्ता रमेश बडाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, पूर्व सांसद रामनारायण विडारी लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077