धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन्।
प्रदेशसभा बैठकबाट राजीनामा दिएलगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाएका हुन् ।
केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए।
मुख्यमन्त्री सोडारीको राजीनामा पत्रमा राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण प्रदेशमा समेत केही राजनीतक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी मुख्यमन्त्री पदबाट राजीनामा पेस गरिएको उल्लेख छ ।
Leave a Reply