धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन्।
मुख्यमन्त्री सोडारीले शुक्रबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश नगरी राजीनामा दिएका हुन्।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले मार्ग प्रशस्त गरेको घोषणा गरे।
केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। उनले राजीनामा नदिएर संसदबाटै विश्वासको मत लिने बताएका थिए।
बुधबार पत्र पठाएर शुक्रबार चार बजेका लागि बैठक आह्वान गरेका थिए। यद्यपि बैठकमा विश्वासको मत नलिइकन उनले राजीनामा घोषणा गरे।
Leave a Reply