कञ्चनपुर । कञ्चनपुरमा महिलामाथि आक्रमण गर्ने बाघलाई आज नियन्त्रणमा लिइएको छ ।
बिहीबारदेखि खोजी सुरु भएको बाघ शुक्रबार नियन्त्रणमा आएको हो । दोधारा चाँदनी नगरपालिका–२ मा महिलामाथि आक्रमण गर्ने बाघ दोस्रो दिन नियन्त्रणमा आएको छ ।
बिहीबार घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा दोधाराचाँदनी नगरपालिका–२ बस्ने २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो ।
शाहको घटनास्थलमै मृत्यु भएको थियो ।त्यसपछि निकुञ्जले नियन्त्रणमा लिने प्रयास सुरु गरेको हो ।
बाघलाई नियन्त्रणमा लिनका लागि बिहीबार ४ वटा हात्ती र प्राविधिक टोली परिचालन भएको थियो ।
Leave a Reply