Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • गेटा मेडिकल कलेज नजिकै मृत भेटिएकी महिलाको पहिचान खुल्यो

    गेटा मेडिकल कलेज नजिकै मृत भेटिएकी महिलाको पहिचान खुल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १८ साउन २०८१
  • 423
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।

    बुधबार मोहना पुल–अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकी ३५ वर्षीया कुमारी चौधरी रहेकी छन् ।



    मृतकको झोलामा भेटिएको पासपोर्ट साइजको फोटोका आधारमा उनको पहिचान भएको हो ।



    ती महिला धनगढीको राजपुरको फ्लोर मिलबाट माइती घर कञ्चनपुर जान सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८५७ नम्बरको अटो रिक्सामा चढेकी थिइन् ।

    मापसे गरेका रिक्सा चालक गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले तीव्र गतिको अटो आँखा अस्पतालतर्फको भित्री सडकमा लैजान खोजेका थिए ।

    सोही क्रममा आत्तिएर चौधरीले हाम फालेकी थिइन् । उनलाई सडकमा अलपत्र अवस्थामा फेला पारेपछि प्रहरीले अस्पताल पु¥याएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

    प्रहरीले अनुसन्धानको क्रममा अटो चालक र अटोमा सवार उनका साला २३ वर्षीय कालु दमाईलाई पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार