कैलाली । सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि धनगढीमा ट्राफिक नियम सम्बन्धी सूचनामूलक बोर्ड राखिएका छन् ।
धनगढी उपमहानगरपालिका–१९ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीले सूचनामूलक बोर्ड राखेको हो ।
बिहीबार धनगढीको वडा नम्बर १८ र १९ मा पर्ने क्षेत्रमा स्याउले चोकदेखि फुलवारी २५ घरसम्म ६ वटा सूचनामूलक बोर्ड राखिएको ट्राफिक प्रहरी पोष्ट फुलवारीले जनाएको छ ।
बोर्डमा ट्राफिक चिन्ह राखिएका छन् । यसले सडक प्रयोग गर्नेहरुलाइ सचेत गराउने र दुर्घटना न्यूनिकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
Leave a Reply