Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • २३ अर्ब कर छलेको आशंकामा २३ सय फर्म अनुसन्धानको घेरामा

    २३ अर्ब कर छलेको आशंकामा २३ सय फर्म अनुसन्धानको घेरामा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ साउन २०८१
  • 360
    SHARES

    काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रपञ्च गरी कर छली गर्ने २ हजार ३ सय करदाता तथा व्यापारिक फर्ममाथि अनुसन्धान गर्ने भएको छ।

    विभागले ती करदाता र फर्महरूले झुटा तथा नक्कली बीजकको प्रयोग गरी कर छली गरेको निष्कर्ष निकाल्दै उनीहरूमाथि अनुसन्धान अघि बढाउने निर्णय गरेको हो । विभागका अनुसार ती फर्महरूको झुटा तथा नक्कली बीजकको अनुसन्धान हुँदा २३ अर्ब कर निर्धारण हुने अनुमान गरिएको छ।



    यस हिसाबले ती व्यापारिक फर्मले झन्डै २३ अर्ब राजस्व छली गरेको पाइएको छ । सरकारलाई तिर्नुपर्ने राजस्व तिर्नुको साटो विभिन्न फ्रड काम गरी कर छल्नु गम्भीर आर्थिक अपराध हो ।



    यस प्रकरणमा ठूलो परिमाणमा कर छली गर्नेहरू पत्ता लाग्लान् या उन्मुक्ति पाउलान्, आगामी दिनमा हुने अनुसन्धानले नै यसको निर्क्योल गर्ने छ । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार