काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी बढेको छ ।
नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।
नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
Leave a Reply