Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • विमान दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका पाइलट डिस्चार्ज

    विमान दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका पाइलट डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । एक साताअघि विमान दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका पाइलट मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले उनलाई बिहीबार बेलुका डिस्चार्ज गरेको हो । काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको विमान उडेलगत्तै विमानस्थलभित्रै दुर्घटनामा परेको थियो ।



    दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । दुर्घटना भएको विमान कन्टेनरमा ठोक्किँदा ककपिटतर्फको भाग टुक्रिएको थियो ।



    ककपिटमा ठुलो क्षति नहुँदा पाइलट शाक्य बाँच्न सफल भएका हुन । उनको हड्डी भाँचिएको थियो । दुर्घटनाकै दिन उनको अप्रेसन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार