काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित कबर्ड हलमा सुरू भएको प्रतियोगितामा नेपालले श्रीलंकामाथि ३-० को सोझो सेटमा जित निकालेको हो।
पहिलो सेट २५-१९ ले जितेको नेपालले दोस्रो सेटमा २५-१८ अंकले विजयी भयो।
तेस्रो सेटमा पनि २५-१९ को ले जितेपछि नेपालले खेल ३-० को सोझो सेटमा आफ्नो पक्षमा पार्यो।
Leave a Reply