Online Nepal
  • मंगलबार, ३० बैशाख २०८२
  • प्रहरी सरुवाको मापदण्ड संशोधनको तयारी

    प्रहरी सरुवाको मापदण्ड संशोधनको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा एसपी र डिएसपीको सरुवा तयारी हुँदै गर्दा सरुवा सम्बन्धि मापदण्ड पनि संशोधन गर्न लागिएको छ ।

    प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धि मापदण्ड २०७९’ लाई संशोधन गर्न लागेको हो ।



    संशोधनमा ‘क, ख र ग’ सूचीमा राखिएका केही कार्यालयहरु हेरफेर गर्न लागिएको हो । हाल राखिएका कतिपय कार्यालयको वर्गीकरण उचित नभएको सुझावका आधारमा संशोधन गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

    सानो जनसंख्या भएको ठाउँलाई ‘क’ तथा ठूलो ठाउँलाई ख मा राखिएको छ । उदारणका लागि धरानलाई ‘ख’ तथा इटहरीलाई ‘क’ मा राखिएको छ ।

    त्यस्तै, अर्घाखाँचीलाई ‘ख’ तथा प्यूठानलाई ‘क’ वर्गमा राखिएको छ । यस्ता केही कार्यालयहरुको वर्ग हेरफेर गर्न लागिएको छ ।

    प्रहरीमा ठूलो संख्यामा एसपी र डिएसपीको सरुवा तयारी भइरहेको छ । गत वर्ष भदौमा इन्चार्जमा गएकाहरुको अवधि पुग्न लागेकाले नयाँ पठाउने तयारी छ ।

    एसपीहरुमा कास्कीका मोहन थापा, भक्तपुरका वेद विष्ट, पूर्वी नवलपरासीका नरहरी रेग्मी, सुनसरीका विपिन रेग्मी, कपिलवस्तुका नवरत्न पौडेल, दाङका रामबहादुर केसी लगायतको अवधि पुग्न लागेको छ ।

    त्यस्तै, डिएसपीतर्फ उपत्यकाका ६ वृत्तका डिएसपीको अवधि पुग्न लागेको छ ।

    दरबारमार्गका गोविन्द थापा, गौशालाका केशव थेवे, बौद्धका राजु पाण्डे, बानेश्वरका शिवराज बुढाथोकी, स्वयम्भूकी पूर्णिमा चन्द, जगातीकी दिप्ती कार्की लगायतको सरुवा तयारी भइरहेको छ ।

    जिल्लातर्फ संखुवासभा, खोटाङ, पर्वन, प्यूठान, कालिकोट, बझाङ लगायतका जिल्लाको अवधि पुग्न लागेको छ ।

    कतिपय जिल्ला इन्चार्जहरुको ६ महिना मात्र भएकाले उनीहरुमध्ये केहीलाई कार्यसम्पादन राम्रो नभएको भनेर हटाउने तयारी पनि भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार